बेचन झालाई थुनामा पठाउन आदेश
काठमाडौँ जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई थुनामा पठाउन आदेश दिएको छ । न्यायाधीश तीर्थराज केसीको एकल इजलासले झालाई थुनामा पठाउन आदेश दिएको हो ।
बहसको क्रममा झाका कानुन व्यवसायीहरुले धरौटीमा रिहा गर्नुपर्ने बताएका थिए । तर अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
उनीविरुद्ध सरकारी वकिल कार्यालयले ठगी, लिखत कीर्ते, राज्यविरुद्ध र सङ्गठित अपराधसम्बन्धी कसुरमा मुद्दा दायर गरेको हो ।
टिप्पणीहरू