बंगलामुखी मन्दिर नजिकै आगलागी
ललितपुरको बंगलामुखी मन्दिर नजिकैको एउटा घरमा आगो लागेको छ । अमिरमान बज्राचार्यको साढे तीन तले घरमा बिहान पौने ९ बजे आगो सल्केको बताइन्छ ।
तेस्रो तल्लामा विद्युत सर्ट भएर आगो लागेपछि ललितपुर महानगरका तीन वटा दमकल त्यहाँ पुगेको थियो । साढे ९ बजेको समयमा आगो नियन्त्रणमा आएको स्थानीयले बताए ।
प्रहरीका अनुसार क्षतिको विवरण संकलन हुँदै छ ।
टिप्पणीहरू