अविरल वर्षापछि जताततै पहिरो, राजमार्ग अवरुद्ध
अविरल वर्षा पछिको पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । स्याङ्जाको वालिङ नगरपालिका–८ मा पहिरो गएपछि दुबैतर्फ सवारी साधनको लामो लाइन लागेको छ ।
हिजो साँझ गल्याङमा सडकमा रुख ढलेपछि केही घण्टा सडक अवरुद्ध भएको थियो ।
वर्षाका कारण कर्णाली राजमार्ग पनि अवरुद्ध भएको छ । कालिकोट जिल्लाको एसमोड र हुल्ममा खसेको पहिराले आज बिहानैदेखि राजमार्ग अवरुद्ध भएको जनाइएको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बाग्मती, गण्डकी र सुदुरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनसहित वर्षा भइरहेको छ । आज दिउँसो पनि कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा हुने अनुमान छ ।
कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा ठूलो वर्षाको सम्भावना औंल्याइएको छ ।
टिप्पणीहरू