झ्याप्ले खोलामा आज पनि पहिरो

झ्याप्ले खोलामा आज पनि पहिरो

नागढुंगा नजिकैको झ्याप्ले खोला क्षेत्रमा आज पनि पहिरो गएको छ । राजधानी उपत्यका प्रवेशको मुख्यनाका नागढुङ्गा नजिकै धादिङको झ्याप्ले खोलामा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । 

सडकको दुबैतर्फ सवारी आवागमन रोकिएको छ । ठूलो पहिरो गएको र पानी परेकाले पन्छाउन केहीबेर लाग्ने प्रहरीले जनाएको छ । 

सोही स्थानमा हिजो बिहान पनि पहिरो खसेको थियो । हिजो बिहान करिब आधा घण्टा सवारी साधन रोकिएका थिए ।

टिप्पणीहरू