घाँसीकुवामा पहाडसहितको पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
तनहुँको व्यास नगरपालिका–१२, घाँसीकुवामा पहाडसहितको ठूलो पहिरो खसेको छ ।
पृथ्वी राजमार्गअन्तर्गत डुम्रे–दमौली सडकखण्डमा पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको मेयर वैकुण्ठ न्यौपानेले बताए । उनका अनुसार सो सडकखण्ड निर्माणधीन अवस्थामा थियो ।

‘एकदमै ठूलो पहिरो गएको छ । करिब पाँच सय मीटरजति बाटो ढाकेको छ । अवरुद्ध बाटो सुचारु गर्न दुई दिन लाग्ने देखिन्छ । मानवीय बस्ती पहिरो खसेको स्थानबाट सय मीटरजति टाढा भएकाले जनधनको क्षति भएको छैन्’,उनले भने ।
पहिरोले पोल ढालेपछि विद्युत अवरुद्ध भएको उनले जानकारी दिए ।
टिप्पणीहरू