नक्कली सर्टिफिकेट देखाएर जागिर खाने कर्मचारी अख्तियारको फन्दामा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा सरकारी जागिर खाएको अभियोगमा दुई कर्मचारीविरुद्ध मुद्दा चलाएको छ ।
कपिलवस्तुको यशोधरा गाउँपालिकामा कार्यरत सिअनमी निरीक्षक सरस्वती ओली क्षेत्री र स्याङ्जाको गल्याङ नगरपालिकाअन्तर्गत जगत्रदेवी स्वास्थ्य चौकीकी सिअहेव हिमा डुम्रे न्यौपाने उपर विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।
उनीहरु दुबैले भारतको उत्तर प्रदेशस्थित माध्यमिक शिक्षा परिषद्बाट हाइस्कुल तह उत्तीर्ण गरेको भनी झुट्टा प्रमाणपत्र पेश गरी सरकारी सेवामा नियुक्ति लिएको अख्तियारको दाबी छ । अभियोगपत्रमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ बमोजिम सजाय मागदाबी गरिएको छ ।
टिप्पणीहरू