भारतीय बस दुर्घटना : १४ जना बेहोस, तीन जनालाई अस्पताल पठाइयो

भारतीय बस दुर्घटना : १४ जना बेहोस, तीन जनालाई अस्पताल पठाइयो

तनहुँको एना पहाराबाट मर्स्याङ्दी नदीमा खसेको भारतीय बसमा सवार १४ जनालाई अचेत अवस्थामा उद्धार गरिएको छ । 

सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता कुमार न्यौपानले १४ जना बेहोस अवस्थामा रहेको जानकारी दिएका हुन् । त्यस्तै, तीन जनालाई उपचारका निम्ति अस्पताल उपचार पठाइएको छ । 

उनले भने, ‘१४ जना बेहोस अवस्थामा हुनुहुन्छ । उनीहरुको अवस्थाबारे केही भन्न सकिँदैन । तीन जनालाई भने अस्पताल पठाइएको छ ।’

प्राप्त जानकारीअनुसार ६ जना नदीमा बेपत्ता छन् । 

पोखराबाट काठमाडौँ आउँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस आज बिहान तनहुँको आँबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङ्दीमा खसेको थियो । नेपाल घुम्न आएका भारतीय पर्यटक बसमा सवार रहेको बताइएको छ ।

टिप्पणीहरू