भारतीय बस दुर्घटना अपडेट : अचेत १४ जनाको मृत्यु, १६ जना घाइते

भारतीय बस दुर्घटना अपडेट : अचेत १४ जनाको मृत्यु, १६ जना घाइते

आबुखैरेनी बस दुर्घटनामा १४ जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार अचेत अवस्थामा दुर्घटनास्थलबाट उद्धार गरिएका १४ जनाको निधन भएको हो । 

उक्त दुर्घटनमा १६ जना घाइते रहेको र उनीहरुको उपचारका लागि स्थानीय अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । 

आज बिहान पोखराबाट काठमाडौंका लागि छुटेको भारतीय नम्बर प्लेटको बस आँबुखैरेनीस्थित एना पहाराबाट मर्याङ्दी नदीमा खसेको थियो । नेपाल घुम्न आएका भारतीय पर्यटक बसमा सवार रहेको बताइएको छ । 

बसमा ४० जनाभन्दा बढी यात्रु सवार रहेको प्रहरी अनुमान छ । अहिले उद्दार तथा खोजतलास कार्य जारी रहेको छ।

टिप्पणीहरू