हिमपहिरोले थुनिएको खोलामा पानी बग्न थाल्यो
मुस्ताङको थासाङ गाउँपालिका–२ मा खसेको हिमपहिरोपछि थुनिएको बोक्सेखोलामा पानी बग्न थालेको छ । हिमपहिरोले खोला थुनिँदा तल्लो तटीय क्षेत्र वरपरका बस्तीमा बढेको जोखिम अहिले घटेको बताइएको छ ।
खोला केहीबेर थुनिए पनि अहिले पानी बग्न थालेको स्थानीय प्रशासनले जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवेदीले क्षतिको सम्भावना टरेको बताएका छन् ।
बोक्से खोला कालिगण्डकीको सहायक नदीमध्ये एक हो ।
टिप्पणीहरू