भारतीय वायुसेनाको विमानमा २५ मृतकको शव, दुई वटा स्थलमार्गबाट
हिजो बिहान तनहुँको आँबुखैरेनीमा भएको बस दुर्घटनाका मृतकहरुको शव भारत लगिएको छ । आज अपरान्ह भरतपुर विमानस्थलबाट भारतीय वायुसेनाको विमानमा राखेर मृतक २७ मध्ये २५ को शव मुम्बई लगिएको छ ।
भरतपुर अस्पतालमा पोस्टमार्टम सकाएपछि भारतीय वायुसेनाको कल साइन केसी ३८१० विमान हिजो दुर्घटनामा मृत्यु भएका भारतीयहरुको शव बोकेर ५ बजे मुम्बइतर्फ प्रस्थान गरेको बताइन्छ ।
दुर्घटनाका घाइते १६ जनाको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । बिहान काठमाडौं आइपुगेपछि भारतीय राज्यमन्त्रीले घाइतेहरुलाई अस्पतालमा भेटेकी थिइन् ।
टिप्पणीहरू