शंखमुल हत्याकाण्डमा पुरानो रिसबीको सम्बन्ध

शंखमुल हत्याकाण्डमा पुरानो रिसबीको सम्बन्ध
सुन्नुहोस्

काठमाडौंको शंखमुलस्थित पुल हाउस सञ्चालकको हत्यामा संलग्न रहेको आरोपमा एक युवक पक्राउ परेका छन् । साईबाबा पार्कस्थित पुल हाउस सञ्चालन गर्दै आएका ४१ वर्षीय रुपक वान्तवा राईको हत्या अभियोगमा सोही ठाउँ बस्दै आएका बाराका २२ वर्षीय एमके कुमार तानिएका हुन् । 

सोमबार दिउँसो करिब २ बजेतिर रुपक आफ्नै पुल हाउसभित्र गम्भीर अवस्थामा भेटिएका थिए । लगत्तै उपचारका लागि मिनभवनस्थित सिभिल अस्पताल पुर्याइए पनि उनलाई चिकित्सकले मृत घोषणा गरेका हुन् । 

घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले एमकेलाई हिजो राति १० बजे उनकै कोठाबाट नियन्त्रणमा लिएको हो ।  उनको कोठाबाट हत्यामा प्रयोग गरिएको रड एक थानसहित रुपकको चेक, चस्मा, ब्याग र लुगा प्रहरीले बरामद गरेको छ । पुरानो रिसइबीका कारण रुपकको हत्या गरेको देखिन आएको जनाउँदै प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

टिप्पणीहरू