पूर्वडिआईजी मारिएको बँदेल र हतियारसहित जंगलमा

पूर्वडिआईजी मारिएको बँदेल र हतियारसहित जंगलमा
सुन्नुहोस्

पूर्व डीआईजीसहित १० जनामाथि बँदेल मारेको अभियोग लागेको छ । उनीहरुले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका –१ स्थित कोशी क्षेत्रबाट बुधबार राति बँदेल मारेको प्रहरीको आरोप छ । 

शिकार गरिरहेको अवस्थामा मारिएको बँदेलसहित १० जनालाई नियन्त्रणमा लिइएको छ । नेपाल प्रहरीका अवकाशप्राप्त डीआईजी ज्ञानविक्रम शाह, पूर्व उपसभामुख गंगाप्रसाद यादवका छोरा अकाश यादव र नेपाल प्रहरीका बहालरत सई सञ्जय न्यौपानेलाई जंगलबाटै पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

सई न्यौपाने हाल नेपाल प्रहरीको मधेश प्रदेश कार्यालय  बर्दिबासमा कार्यरत छन् । उनीहरुको साथबाट २२ क्यालिबरको राइफल १ थान, राइफलको म्यागजिन २ थान, गोली १५ थान, वाइनाकुलर ३ थान, प्रदेश ३–०१–०२२ च ६८५५ नम्बरको स्करपियो, को २ त ६९ नम्बरको ट्रयाक्टर र मारिएको बँदेल बरामद भएको छ । 

प्रहरीका अनुसार पक्राउ परेकामा सप्तरीको तिहुत गाउँपालिका–२ का लक्ष्मण मण्डल, हनुमाननगर कंकालिनी नगरपालिका –१ का लक्ष्मण मण्डल, वडा नम्बर २ का जनार्दन राउत, वडा नम्बर ३ का शंकर यादव, वडा नम्बर ५ का ओमशंकर प्रसैला, इटहरी उपमहानगरपालिका–२० का प्रदीप लिम्बु, राजविराज नगरपालिक– ७ का रविन दास हुन् ।
 

टिप्पणीहरू