कार्यालयभित्र भएको कुटपिटमा आयल निगमका कर्मचारीको निधन

कार्यालयभित्र भएको कुटपिटमा आयल निगमका कर्मचारीको निधन

नेपाल आयल निगमको धनुषा महेन्द्रनगरस्थित डिपोमा कार्यरत राकेश वर्माको सहकर्मीहरुको कुटपिटपछि कार्यालयमा ज्यान गएको छ । 

पछिल्लो चार वर्षदेखि करारमा कार्यरत उनको आज बिहान भएको कुटपिटमा निधन भएको बताइएको छ । करारमा कार्यरत कर्मचारीहरुको सुविधाबारे भएको विवादमा बर्मामाथि कुटपिट भएको हो ।

राकेशलाई आफ्नै सहकर्मीहरुले कोठाभित्र थुनेर कुटपिट गरिएको हो । निगमका प्रवक्ता पूर्ण रिजालले घटनाको जानकारी प्राप्त भएको तर, विस्तृत विवरण प्राप्त नभएको बताए । 

टिप्पणीहरू