प्रधानमन्त्री आउँदा भिआइपी र पत्रकारहरुलाई उर्दी

प्रधानमन्त्री आउँदा भिआइपी र पत्रकारहरुलाई उर्दी

प्रधानमन्त्री केपी शर्मा ओली ११ दिनपछि आज स्वदेश फर्कंदै हुनुहुन्छ । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिएर उहाँ आज दिउँसो काठमाडौं आइपुग्ने कार्यक्रम छ । 

प्रधानमन्त्रीको स्वागतका लागि सभामुख, उपप्रधानमन्त्री तथा मन्त्रीहरुलगायत उच्च पदस्थ अधिकारीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्दै हुनुहुन्छ । 

सूचना तथा प्रसारण विभागले प्रधानमन्त्री आगमनको समाचार संकलन र तस्बीर छायाँकनका लागि सञ्चारकर्मीहरुलाई दिउँसो सवा ३ बजे विमानस्थलको अति विशिष्ट कक्षमा सञ्चारकर्मीहरुलाई आमन्त्रण गरेको छ ।

टिप्पणीहरू