बस दुर्घटनामा चारको निधन, एक दर्जन उपचाररत, चालकको अवस्था गम्भीर

बस दुर्घटनामा चारको निधन, एक दर्जन उपचाररत, चालकको अवस्था गम्भीर

डडेल्धुरामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । रातिको दुर्घटनामा घाइते भएका एक दर्जनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पुर्चौंडी जाँदै गरेको ना.८ ख १०७८ नम्बरको बस मध्यरातमा डडेल्धुराको अमरगढी नगरपालिका–७ मा सडकबाट झण्डै तीन सय मीटर तल खसेको हो । दुर्घटनामा दुई महिला, एक पुरुष र एक शिशुको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार बैतडीको पुर्चौंडी नगरपालिका–३ का ४५ वर्षीया जयमति बोहरा, २६ वर्षीया कमला बोहरा, उनको दुईदिने शिशु र २२ वर्षीय सहदेव बोहराको निधन भएको छ । घाइते सबैको जिल्ला अस्पतालमा उपचार गरिएको छ भने गम्भीर अवस्थाका बस चालक वीरेन्द्र बोहरालाई थप उपचारको निम्ति धनगढी रिफर गरिएको छ ।

टिप्पणीहरू