सूचना लुकाएको आरोप लागेका पण्डित राजदूत पक्का
इजरायलको राजदूतमा धनप्रसाद पण्डितलाई नियुक्त भएका छन् ।
क्याविनेटको सिफारिसका आधारमा संविधानको धारा २८२ को उपधारा (१) बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
क्याविनेटले गत साउन १४ गते विभिन्न १८ देशका लागि राजदूत सिफारिस गर्दा पण्डित इजरायल सिफारिस भएका थिए । तर, उनीमाथि सूचना लुकाएको कसूरमा संसदीय सुनुवाई समितिमा उजुरी परेको थियो ।
तर, असोज ३ गते समितिले पण्डितको नाम अनुमोदन गरेसँगै राजदूत हुने बाटो खुलेको हो ।
टिप्पणीहरू