जथाभावी निर्माण सामग्री थुपारेका डुकुचुलाई एक लाख जरिवाना

जथाभावी निर्माण सामग्री थुपारेका डुकुचुलाई एक लाख जरिवाना

काठमाडौं महानगरपालिकाले सडक पेटीमा निर्माण सामग्री थुपार्ने डुकुचु निर्माण सेवा प्रालिलाई कारबाही गरेको छ । 

वडा नम्बर ३२ स्थित बागमती करिडोरमा पेटी निर्माणको क्रममा सडकमा निर्माण सामाग्री राखेको भन्दै महानगरले उक्त निर्माण कम्पनीलाई कारबाहीस्वरुप जरिवाना तिराएको जनाएको छ । 

कम्पनीलाई एक लाख रुपैयाँ जरिवाना गरिएको महानगरले जनाएको छ । सफा, स्वच्छ र सुन्दर काठमाडौं बनाउने अभियानमा रहेको महानगरले निर्माण कार्यमा तोकिएको मापदण्ड पूरा गर्न आग्रह गर्दै आएको छ । 

निर्माण कार्य गर्दा आर्थिक ऐन, २०८१ को मापदण्ड अनिवार्य पालना गर्न अनुरोधसहित महानगरले अटेरी गरेको खण्डमा २५ हजार रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना तोकेको छ ।

टिप्पणीहरू