प्रतिभा पुरस्कारका लागि आवेदन माग
अपाङ्गता भएका व्यक्तिलाई दिने 'प्रतिभा पुरस्कार' का लागि आवेदन खुलेको छ । राष्ट्रिय अपांग कोषले आज सूचना प्रकाशित गर्दै आवेदन मागेको हो ।
सूचनामा विभिन्न विधामा पुरस्कार वितरण गरिने जनाइएको छ । जसअनुसार गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सर्वाधिक अंक ल्याउने शारीरिक, बहिरा र दृष्टिविहीन तीन जनालाई 'अपांगता विद्यार्थी प्रतिभा पुरस्कार' दिइने छ ।
त्यस्तै, अपांगता शिक्षक सम्मान पुरस्कार, हेमागंगा शारीरिक अपांग प्रतिभा पुरस्कार, धन–इन्दिरा राणा बहिरा प्रतिभा पुरस्कार, चन्द्रकुमार भट्टराई दृष्टिविहिन प्रतिभा पुरस्कार, इश्वरी मोनी बौद्धिक अपांग प्रतिभा पुरस्कार पनि वितरण गरिने छ ।
मेरुदण्ड पक्षघात भएका प्रतिभावान् महिलालाई ज्योति केसी अपांग प्रतिभा पुरस्कार, कलाकार हरिप्रसाद स्वरोजगार सहयोग, डा.वीरेन्द्रराज पाखरेल सूचना प्रविधि उत्कृष्ट पुरस्कारसहित मुनिश्वर पथका पाईलाहरु पनि प्रदान गरिने कोषले बताएको छ ।
अपांगता भएका व्यक्तिहरुले आगामी मंसिर ६ गतेभित्र फोटो, व्यक्तिगत विवरण र कागजातको प्रतिलिपिसहित कोषमा निवेदन पेश गर्न आग्रह गरिएको छ ।
टिप्पणीहरू