बेपत्ता छानबिन र सत्य निरुपण आयोगमा पदाधिकारी नियुक्तिको तयारी

बेपत्ता छानबिन र सत्य निरुपण आयोगमा पदाधिकारी नियुक्तिको तयारी

बेपत्ता पारिएको व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगमा पदाधिकारी नियुक्तिको प्रक्रिया शुरु भएको छ । 

दुबै आयोगको अध्यक्ष तथा सदस्य नियुक्तिका लागि नाम सिफारिस समितिले दरखास्त आह्वान गरेको हो । सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको समितिको सचिवालयले आज सार्वजनिक सूचना निकालेर नाम सिफारिससम्बन्धी प्रक्रिया, २०८१ बमोजिम योग्यता पुगेका व्यक्तिले दरखास्त दिन सक्ने जनाएको छ । 

‘नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८१-०७-०२ गतेको निर्णयानुसार गठित ऐनको दफा ३ को उपदफा (३) बमोजिम सिफारिस समितिले उल्लिखित आयोगको अध्यक्ष तथा सदस्यको नियुक्तिका लागि नाम सिफारिस गर्ने प्रयोजनका लागि निर्धारण गरेको बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्यको नाम सिफारिससम्बन्धी छनोट प्रक्रिया, २०८१ बमोजिम ती पदमा नियुक्तिका लागि आवेदन फाराम पेश गर्न अनुरोध गरिन्छ’, सूचनामा उल्लेख छ । 

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा रहेको समितिको सचिवालयमा आगामी सात दिनभित्र दरखास्त बुझाउन भनिएको छ ।
 

टिप्पणीहरू