अमेरिकी सैन्य टोली पाँचखाल प्रस्थान

अमेरिकी सैन्य टोली पाँचखाल प्रस्थान
सुन्नुहोस्

नेपाल भ्रमणमा रहेको अमेरिकी सैन्य रणनीतिअन्तर्गत इण्डो–प्यासिफिक कमाण्डका डेपुटी कमाण्डर लेफ्टिनेन्ट जनरल रुड नेतृत्वको पाँच सदस्यीय टोली पाँचखाल पुगेको छ । 

नेपाल सरकारले आइपिएसमा हस्ताक्षर गर्न लागेको हल्ला चलाइएका बेला अमेरिकी वायुसेनाको कल साइन निन्जा ९८ वाला मील एअर विमानमा अस्ति काठमाडौँ ओर्लिएको सैन्य टोली आज पाँचखाल गएको हो । टोलीमा लेफ्टिनेन्ट कर्णेल ब्राण्डन क्रुपा,दक्षिण एशिया तथा दक्षिणपूर्वी एशियाका लागि रणनीतिकार तथा नीति सल्लाहकार रमा मुत्याला, राजनीतिक सल्लाहकार सेहजी खान र सञ्चार अधिकृत डस्टिन ह्विटाकार छन् ।  

 
पाँचखालस्थित नेपाली सेनाको श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा आयोजना हुने कार्यक्रममा सहभागी हुन सेनाको ०३८ अगुष्टा हेलिकप्टरबाट अमेरिकी टोली बिहान ८ बजे माउन्टेन फ्लाइट गर्दै गएको बताइएको छ । टोलीमा ३ जना नेपाली सैनिक अधिकारीसमेत सहभागी छन् ।
 

टिप्पणीहरू