लामो बन्दै प्रेस काउन्सिलको कालोसूची

लामो बन्दै प्रेस काउन्सिलको कालोसूची
सुन्नुहोस्

प्रेस काउन्सिल नेपालले आचारसंहिता प्रतिकूल कार्य गरेको भन्दै हालै चार वटा सञ्चार माध्यमलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ । काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको हिजो बसेको बैठकले अन्य सात वटा सञ्चार माध्यमको विशेष अनुगमनसहित छानबिन गर्ने निर्णय गरेको बताइएको छ । 

विशेषगरी काउन्सिलको निर्देशनलाई पटक पटक नटेरेको, एकपक्षीय र तथ्य बिनाका सूचना सामग्री सम्प्रेषण गरेको आरोप ती सञ्चारमाध्यमलाई कारबाही गरिएको जनाइएको छ । गत असोजमा तीन वटा सञ्चार माध्यमलाई कालोसूचीमा राखिएको थियो ।

पछिल्लो पटक एक साप्ताहिक, एक टेलिभिजन र दुई अनलाइन कालोसूचीमा परेका हुन् । त्रिनेत्रपोष्ट साप्ताहिक, योहो टेलिभिजन, कोसीपोष्ट डटकम, खोजतलास अनलाइन डटकमलाई सूचीमा राखिएको छ । 

विशेष अनुगमनमा दियोपोष्ट डटकम, मोटिभेटन्युज डटकम, एवननेपालन्युज डटकम, अनलाइनटिभिनेपाल डटकम, राइटसञ्चार डटकम, ताजाखबर टिभी र विजीटिभी (युट्युब च्यानल) माथि थप अनुसन्धान अघि बढाउन लागिएको हो ।

टिप्पणीहरू