दक्षिणकालीमा भोलि बिदा

दक्षिणकालीमा भोलि बिदा

काठमाडौंको दक्षिणकाली नगरपालिकाले भोलि सार्वजनिक बिदा दिएको छ । हरिबोधिनी एकादशी, तुलसी विवाह र शेषनारायण मेलाको अवसरमा मंगलबार स्थानीय बिदा दिने निर्णय गरिएको नगरपालिकाले जनाएको छ । 

भोलि नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, दक्षिणकाली नगर अस्पताल, शैक्षिक संस्था तथा मातहतका कार्यालय बन्द रहने छ । ‘यस नगरपालिकाको मिति २०८१/०७/२६ गतेको निर्णयानुसार मिति ०८१ कात्तिक २७ गते मंगलबार हरिबोधिनी एकादशी, तुलसी विवाह र शेषनारायण मेलाको दिन नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, दक्षिणकाली नगर अस्पताल (आकस्मिक सेवाबाहेक), शैक्षिक संस्था तथा नगरपालिकाअन्तर्गत अन्य कार्यालयहरुमा एक दिन स्थानीय पर्व बिदा दिइएको,’ प्रकाशित सूचनामा उल्लेख छ ।

टिप्पणीहरू