सन् २०२४ सर्वाधिक तातो वर्ष, हिमालमा हिउँ पग्लने क्रम उच्च

सन् २०२४ सर्वाधिक तातो वर्ष, हिमालमा हिउँ पग्लने क्रम उच्च

संयुक्त राष्ट्रसंघको विश्व मौसम विज्ञान संगठन (डब्ल्युएमओ) ले सन् २०२४ हालसम्मकै सबैभन्दा बढी गर्मीको वर्ष रहेको जनाएको छ । सामाजिक सञ्जालमार्फत् डब्ल्युएमओले सन् २०२४ सर्वाधिक तातो वर्ष हुने क्रममा रहेको जानकारी गराएको छ ।  

गत जनवरी र सेप्टेम्बरबीचको विश्वभरको औसत तापक्रम १९ औं शताब्दीको अन्त्यतिरको तापक्रमभन्दा करिब १.५४ डिग्री सेल्सियस बढी रहेको पाइएको छ । ‘सन् २०२४ रेकर्डमा सबैभन्दा तातो वर्ष बन्ने ट्रयाकमा छ,’ डब्ल्युएमओले भनेको छ, ‘सन् २०२३ भन्दा पनि तातो जसले अघिल्ला सबै रेकर्डहरु तोड्यो ।’

सन् २०१५ मा पेरिसमा आयोजित सम्मेलनबाट दुई सय राष्ट्रले जलवायु परिवर्तनको नराम्रो प्रभावलाई कम गर्न तापक्रमको बढ्दो स्तरलाई सीमित राख्न प्रयास गर्ने वाचा गरेका थिए । यद्यपि, उक्त वाचा प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेको छैन । 

डब्ल्युएमओले अर्को चिन्ताजनक निष्कर्ष पनि सार्वजनिक गरेको छ । जसअनुसार महासागरहरु छिटो तातिरहेका छन् भने हिमनदी पग्लने क्रम बढेको छ ।

टिप्पणीहरू