अचम्मको संयोगः तीनटी विमला एउटै कार्यालयमा

अचम्मको संयोगः तीनटी विमला एउटै कार्यालयमा
सुन्नुहोस्

संयोग पनि कस्तो कस्तो ! उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा एउटा रमाइलो संयोग देखिएको छ । उक्त कार्यालयमा कार्यरत तीन कर्मचारीको एउटै नाम छ ।  घर पनि एउटै जिल्ला रहेको पाइएको छ । उनीहरु हुन् गुल्मीकै विमला अर्याल ।

एक जना खरिदार, एक जना सुब्बा र एक जना अधिकृत तहमा कार्यरत छन् । हाल उनीहरु सामाजिक सञ्जालमा भाइरल भएका छन् । एउटै नामका तीन जना एउटै कार्यालयमा जागिरे भएपछि धेरैले अचम्म मानेका छन् । 

एक जना सामाजिक सञ्जाल प्रयोगकर्ता लेख्छन्,‘गज्जबको संयोग रहेछ ।’ त्यस्तै, अर्कोले भनेका छन्,‘अचम्म मान्नुपर्ने देखियो, संयोग पनि कस्तो कस्तो है !’ 

एउटै नामको कर्मचारी हुँदा सेवाग्राही झुक्किने भन्दै कतिपयले गुनासो पनि पोखेका छन् । ‘एकै ठाउँमा एक नाम गरेका कर्मचारी हुँदा हामी झुक्किन्छौं । यसको केही समाधान खोजियोस् सरकार !’,सामाजिक सञ्जालमा लेखिएको छ ।

टिप्पणीहरू