प्रधानमन्त्री चार घण्टाको निम्ति राजधानी बाहिर जाँदै
प्रधानमन्त्री केपी शर्मा ओली केहीबेरमा काठमाडौंबाट भैरहवा जान लाग्नुभएको छ । उहाँ लुम्बिनी विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिन त्यता जान लाग्नुभएको बताइएको छ ।
प्रधानमन्त्री ओली बिहान साढे १० बजे विमानमा भैरहवा जाने र मध्यान्ह १२ बजेको समयमा रुपन्देहीस्थित लुम्बिनी विश्वविद्यालयमा आयोजित कार्यक्रममा सहभागी हुनुहुने छ ।
करिब २ बजे दीक्षान्त समारोहको समापनपछि उहाँ साढे २ बजेको उडानमा राजधानी फर्कनुहुने विश्वविद्यालय स्रोतले जानकारी दिएको छ ।
टिप्पणीहरू