चाइना साउदर्नले १० वटा बोइङ ७८७ बेच्दै,एअर इण्डिया बाटो हेर्दै

चाइना साउदर्नले १० वटा बोइङ ७८७ बेच्दै,एअर इण्डिया बाटो हेर्दै

चीनको चाइना साउदर्न एअरलाइन्सले आफ्ना १० वटा बोइङ ७८७–८ ड्रिमलाइनर विमान बिक्रीमा राखेको छ । यता,भारतको एअर इण्डियाले भने त्यस्तै विमानको खोजीमा रहेको संकेत दिएको छ ।

चाइना साउदर्नले आफ्नो उडान पुनर्संरचनाको क्रममा ती विमान बिक्रीमा राखिएको जनाएको छ । कम्पनीले जारी गरेको कम्प्रिहेन्सिभ रिक्वेस्ट फर प्रोपोजल्स (आरएफपी) मा ती विमानसँगै दुई वटा जगेडा इञ्जिन पनि रहेको फुल प्याकेज उल्लेख छ ।

चाइना साउदर्नले मे २०१३ देखि उडानमा रहेका बी २७२५ सिरिजका १० विमानलाई सन् २०२५ देखि २०२६ सम्म बिक्री गरिसक्ने जनाएको छ । यसका लागि सोमबारसम्म आवेदन गरिएका कम्पनीलाई भोलिसम्म विमानको समग्र प्राविधिक विवरण उपलब्ध गराउने प्राप्त समाचारमा उल्लेख छ ।

यता भारतमा टाटा कम्पनीको स्वामित्वमा रहेको एअर इण्डिया आफूलाई थप परिष्कृत र आधुनिक तुल्याउने रणनीतिका साथ अघि बढेको छ ।

चाइना साउदर्नले बिक्रीमा राखेका ती विमान सम्भवतः एअर इण्डियाको पछिल्लो रणनीतिसँग मेल खाने एभिएसन ए टु जेड डट कमले जनाएको छ । चाइना साउदर्नका ती विमान करिब ११ वर्ष मात्रै पुराना भएकाले भारतीय विमान कम्पनीले आफूलाई आधुनिक बनाउने मार्गमा सहयोगी हुने भाव्य बेलानीले विश्लेषण गरेका छन् ।

टिप्पणीहरू