लास जलाउन सांसद शर्माको सहयोग

लास जलाउन सांसद शर्माको सहयोग
सुन्नुहोस्

मेडिकल व्यवसायीसमेत रहेका नेपाली काँग्रेसका सांसद् सुनिलकुमार शर्माको सहयोगमा ९ वटा बेवारिसे शवको एकैचोटि अन्त्येष्टि गरिने भएको छ । 

सांसद शर्माले आफ्नै खर्चमा पशुपतिनाथ आर्यघाटमा आज शव अन्त्येष्टि गर्न लागेका हुन् । आर्थिक अभावका कारण शव जलाउन समस्या परेपछि उनले सहयोग गर्न लागेको 'बेवारिसे शव व्यवस्थापन केन्द्र'ले जनाएको छ । केन्द्रका अनुसार दिँउसो १ बजेदेखि शव जलाउन शुरु गरिने छ । 

विद्युतीय मेसिनबाट एउटा शव जलाउन आठ हजार रुपैयाँ शुल्क तोकिएको छ भने दाउरामा जलाउन करिब १७ हजार खर्च हुन्छ । सबै शव विद्युतीय दाहगृहमा अन्त्येष्टि गरिने र सम्पूर्ण खर्च सांसद् शर्माले व्यहोर्ने केन्द्रको भनाइ छ । 

केन्द्रका अध्यक्ष विनयजंग बस्नेतले विगत १३ वर्षदेखि बेवारिसे शवको व्यवस्थापन गर्दै आएका छन् । अस्पतालमा बेवारिसे अवस्थामा रहेका शवहरु संकलन गरेर उनले आफ्नै खर्चमा अन्त्येष्टि गर्ने गरेका छन् ।

टिप्पणीहरू