भारतले स्टाण्डर्ड तोकेपछि यताको स्यानिटरी प्याड निर्यात ठप्प

भारतले स्टाण्डर्ड तोकेपछि यताको स्यानिटरी प्याड निर्यात ठप्प

भारतले सबै खालका स्यानिटरी प्याड आयातमा गुणस्तर प्रमाणपत्र अनिवार्य गरेपछि नेपालबाट त्यता हुँदै आएको निर्यात ठप्पको अवस्थामा पुग्ने भएको छ । आगामी पुस १७ गते अर्थात् नयाँ वर्ष २०२५ को जनवरी १ देखि भारतको ब्यूरो अफ इन्डियन स्ट्यान्डर्ड –बीआईएसले विदेशबाट आयात हुने सबै स्यानिटरी प्याडलाई गुणस्तर प्रमाणपत्र अनिवार्य गरेको छ । 

अक्टोबर १ देखि भारतमा अन्य मुलुकबाट आयात हुने प्याड र बेबी डाइपरमा बीआईएस अनिवार्य गरेपछि नेपालबाट निर्यात हुँदै आएको प्याड र बेबी डाइपरसमेत रोकिएको थियो । तर भारतले २३ अक्टोबरपछि खुल्ला गरेको उक्त प्रावधानलाई आगामी १ तारिखदेखि कार्यान्वयनमा ल्याउन लागेको हो ।

नेपालका त्यस्ता उद्योगले भारतको बीआईएसमा गुणस्तर प्रमाणपत्रको निम्ति आवेदन दर्ता गरेको धेरै भइसक्दा पनि भारतले आवश्यक प्रक्रिया अघि बढाएको छैन । नेपालबाट करोडौं मूल्यका त्यस्ता सामाग्री भारत निर्यात हुने गरेको थियो ।

टिप्पणीहरू