सबै श्रेणीहरू

चीनबाट आएको विमान सोझै लुम्बिनीमा अवतरण

चीनबाट आएको विमान सोझै लुम्बिनीमा अवतरण

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट दुई सय २७ जना यात्रु बोकेको एउटा चार्टर विमान अवतरण गर्ने भएको छ । सेन्जेन विमानस्थलबाट आउने सिए ५६१ विमान बिहान साढे १० बजे भैरहवा पुग्नेछ । यात्रु ओरालेर करिब दुई घण्टापछि उक्त विमान सिचुआन प्रान्तको छन्तु फर्कने बताइएको छ । 

आगामी सोमबार एअर चाइनाको विमान सीए ५६१ बिहान ९ बजे छन्तुको तियानफु विमानस्थलबाट भैरहवा आएर २६० जना यात्रु लैजाने कार्यक्रम छ । त्यसका लागि विमान करिब डेढ घण्टा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिने नागरिक उड्डयन प्राधिकरण स्रोतले जनाएको छ ।