चिनियाँ राष्ट्रपतिद्वारा नेपाली राजदूतको कार्यकाल सफलताको कामना
चीनका लागि नेपालका राजदूत डा. कृष्णप्रसाद ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसमक्ष ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ । बेइजिङस्थित ग्रेट हल अफ द पिपलमा हिजो आयोजित एक विशेष समारोहबीच राजदूत ओलीले ओहोदाको प्रमाणपत्र पेश गर्नु भएको जनाइएको छ ।
नेपाली राजदूत ओलीसँगै अन्य २८ मुलुकका नवनियुक्त राजदूतले पनि हिजै आफ्नो ओहोदाको प्रमाणपत्र बुझाउनुभएको हो । ओहोदाको प्रमाणपत्र बुझ्ने क्रममा राष्ट्रपति सीले चीनमा नवनियुक्त राजदूतहरूको कार्यकाल सफलताको कामना गर्नुभएको थियो ।
समारोहमा चिनियाँ विदेशमन्त्री वाङ यी, विदेश सहायकमन्त्रीलगायत विदेश मन्त्रालयका उच्च अधिकारीहरुको उपस्थिति थियो ।
टिप्पणीहरू