टीकापुरबाट काठमाडौं आउने हवाई यात्रुलाई नेपालगञ्जमा ‘ट्रान्जिट’

टीकापुरबाट काठमाडौं आउने हवाई यात्रुलाई नेपालगञ्जमा ‘ट्रान्जिट’
सुन्नुहोस्

कैलालीको टीकापुर विमानस्थल सञ्चालनमा आउने भएको छ । तत्कालीन जनआन्दोलनको कारण २०४६ सालमा बन्द भएको यस विमानस्थल ३५ वर्षपछि सञ्चालनमा ल्याउन लागिएको जनाइएको छ ।

टीकापुर नगरपालिकाको सक्रियतामा विमानस्थल सञ्चालनको तयारी पूरा भएको नगर प्रमुख रामलाल डगौरा थारुले बताएका छन् । उनका अनुसार तारा एयर र यती एयरसँगको सहकार्यमा विमानस्थल सञ्चालन हुन लागेको हो । 

आगामी आइतबार (मंसिर ३०)तारा एयरको जहाजले पहिलो उडान गर्ने बताइएको छ । त्यसपछि दोस्रो उडान बिहीबार हुनेछ ।

नगरपालिकाले तारा एयरसँग प्रत्येक उडानमा १५ सिटको सुनिश्चितसहितको सहमति पनि गरेको छ । नगरप्रमुख थारुका अनुसार टीकापुरबाट काठमाडौँ आउने यात्रुलाई तारा एयरको जहाजले नेपालगञ्ज र यति एयरको जहाजले नेपालगञ्जबाट काठमाडौँ ल्याउनेछ । यसरी नेपालगञ्जलाई मिनी ट्रान्जिट बनाएर एकतर्फी भाडा दर नौ हजार कायम गरिएको छ ।

टिप्पणीहरू