विमानस्थलमा भव्य स्वागतपछि चार्टर उडानका चिनियाँहरु सोझै लुम्बिनीमा
चीनबाट चार्टर उडानमा आएका साढे दुई सय चिनियाँ यात्रुको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । एअर चाइनाको उडान नम्बर सीए ५६१ मा सन्चनबाट दिउँसो साढे १२ बजे आइपुगेका उनीहरुलाई चिनियाँ दूतावासका उपनियोग प्रमुख वाङ सिनलगायत १५ जनाले भव्य स्वागत गरेको बताइन्छ ।
आज लुम्बिनी आइपुगेकाका अधिकांश चिनियाँ बौद्ध भिक्षु र बौद्ध धर्मका अनुयायी हुन् । उनीहरुलाई फूलमालाले स्वागत गरिएको थियो । विमानस्थलको कार्यक्रमपछि उनीहरुलाई १० वटा सुविधा सम्पन्न बसमा लुम्बिनी लगिएको थियो ।
चिनियाँ पाहुनालाई स्थानीय मायादेवी होटल र होक्के होटेलमा बस्ने प्रबन्ध मिलाइएको छ । उक्त चार्टर विमान साढे २ बजे भैरहवाबाट चीनको छन्तुतर्फ प्रस्थान गरेको विमानस्थल स्रोतले बताएको छ । आज आएका यात्रु सबै सोमबार एअर चाइनाको चार्टर उडानमा चीन फर्कने कार्यक्रम छ ।
टिप्पणीहरू