शुक्रबार राति सिफारिस, आज साँझ जारी
राष्ट्रपति रामचन्द्र पौडेलले चार वटा अध्यादेश जारी गर्नुभएको छ । उहाँले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा ती अध्यादेश जारी गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
जसअनुसार सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश जारी गरिएको हो । त्यस्तै, निजीकरण (पहिलो संशोधन) अध्यादेश र आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश पनि आजै जारी गर्नुभएको छ ।
गत शुक्रबार राति बसेको क्याबिनेट बैठकले राष्ट्रपतिसमक्ष अध्यादेश जारी गर्न सिफारिस गरेको थियो ।
टिप्पणीहरू