भद्रकालीमा फोटोसहित वस्त्र प्रदर्शनी (फोटो फिचर)

नेपाली सेनाले ‘सेना दिवस’ को अवसरमा सैन्य सामग्रीहरुको प्रदर्शनी गरेको छ । सेनाको २६२ औं वार्षिकत्सव तथा महाशिवरात्री पर्वका अवसरमा जंगीअड्डामा नेपाली सेनाको फोटो तथा वस्त्र प्रदर्शनी गरिएको छ ।
सेनाको इतिहास, वर्तमान गतिविधि, विविध पक्षलाई झल्काउनेसहित सैनिक गतिविधि र कला संस्कृतिसँग जोडिएका विभिन्न स्टलहरु प्रदर्शनीमा राखिएको छ । त्यस्तै, सेनाका हातहतियार, उपकरण, पोशाक तथा अन्य सामग्रीहरु पनि प्रदर्शनी गरिएको छ ।
विजेताहरुलाई सैनिक तथा गैरसैनिक दुवैतर्फ क्रमशः ५० हजार, ३५ हजार र २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ ।
तस्बिरहरु
टिप्पणीहरू