सभापतिको गाडीले बाइकलाई हान्यो,असर मन्त्री र माननीयलाई
प्रतिनिधि सभाको शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले सदस्यहरुसँग माफी मागेका छन् ।
बैठक बोलाइएको समयभन्दा एक घण्टा ढिलो उपस्थित भएपछि उनले हात जोडेर सदस्यहरुसँग क्षमा मागेका हुन् । ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक’ माथि दफावार छलफल गर्न हिजो दिउँसो साढे १२ बजे सिंहदरबारमा समितिको बैठक बोलाइएको थियो ।
छविलाल विश्वकर्माले घुमाउरो पारामा सोधे,‘सभापतिज्यू, तपाईं बिरामी हुनुहुन्थ्यो कि ? ढिलो आइपुग्नुभयो त ?’थापाले हात जोडेर माफी माग्दै भने,‘जाममा परेँ,गाडी चल्नै सकेन । अब उप्रान्त यस्तो हुँदैन । गल्ती भयो ।’
सदस्यहरु तोकिएको समयमा पुगे । शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई पनि बैठकमा पुगिसकेकी थिइन् । तर,साढे १ हुन लागिसक्दासमेत सभापति थापा देखा परेनन् । सदस्यहरु चिया खाएर घर जान लाग्दा उनी टुप्लुक्क बैठकमा पुगे र हतारहतार बैठक शुरु गरौं भनेपछि नेकपा एमालेका सांसद छविलाल विश्वकर्माले घुमाउरो पारामा सोधे,‘सभापतिज्यू, तपाईं बिरामी हुनुहुन्थ्यो कि ? ढिलो आइपुग्नुभयो त ?’थापाले हात जोडेर माफी माग्दै भने,‘जाममा परेँ,गाडी चल्नै सकेन । अब उप्रान्त यस्तो हुँदैन । गल्ती भयो ।’
उनले माफी मागेपछि बल्ल बैठक शुरु भयो । सांसद विश्वकर्माका अनुसार हिजोको बैठक बस्न केही ढिलो भएको हो । जनआस्थासँग उनले भने,‘बैठक केही ढिलो शुरु भएको हो । सभापतिज्यूको गाडीले एउटा मोटरसाइकललाई ठक्कर दिएछ । त्यसैले ढिलो भएको रहेछ । उहाँले कारण बताउनुभएपछि सबैले ठीकै छ भनेर बैठक शुरु गर्यौं ।’
टिप्पणीहरू