पानामा पुगेका अमेरिकी विदेशमन्त्रीविरुद्ध प्रदर्शन

पानामा पुगेका अमेरिकी विदेशमन्त्रीविरुद्ध प्रदर्शन

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आफ्नो पहिलो विदेश भ्रमण दक्षिण अमेरिकी मुलुक पानामाबाट थालेका छन् । उनले त्यहाँ पुगेर पानामा ‘क्यानल’ माथिको चिनियाँ प्रभाव तत्काल रोक्न माग गरेका छन् ।

विदेशमन्त्री रुबियोले राष्ट्रपति जोस राउल मुलिनोसँगको भेटवार्तामा ‘क्यानल’ माथि चिनियाँ प्रभाव बढेको उल्लेख गर्दैै नियन्त्रण रोक्न माग गरेका हुन् ।

अमेरिकी माग पूरा नगरे दुई देशबीचको सन्धिका आधारमा आवश्यक कदम चाल्ने चेतावनी दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । वार्तापछि विदेशमन्त्रीले नहरको भ्रमण गर्ने क्रममा पनामाबासीले अमेरिका विरोधी प्रदर्शन गरेका हुन् । यो नहर विश्वकै दोस्रो व्यस्त जलमार्ग हो । अमेरिकाको सहयोगमा निर्मित क्यानल सन् १९९९ मा पानामालाई हस्तान्तरण गरिएको थियो । चीनले अमेरिकाले लगाएको आरोपको खण्डन गर्दै आएको छ ।

टिप्पणीहरू