समाजवादी प्रेसको राष्ट्रिय भेला फागुनमा

समाजवादी प्रेसको राष्ट्रिय भेला फागुनमा

समाजवादी प्रेस संगठन,नेपालले फागुन पहिलो साता राष्ट्रिय भेला गर्ने भएको छ । काठमाडौँमा फागुन ४ गते राष्ट्रिय भेला हुनेछ भने त्यसअघि फागुन ३ गते केन्द्रीय समिति बैठक बस्नेछ ।

हाल संगठनको केन्द्रीय कमिटीमा रिक्त अध्यक्षलगायतका पदहरूको पूर्ति केन्द्रीय कमिटीले गर्ने र सोको अनुमोदन राष्ट्रिय भेलाले गर्ने निर्णय हिजोको पदाधिकारी बैठकले गरेको छ । 

केन्द्रीय समिति बैठक र राष्ट्रिय भेलाको तयारीका लागि कार्यवाहक अध्यक्ष नवराज छत्कुलीको संयोजकत्वमा मूलव्यवस्थापन समिति गठन गरिएको बुझिएको छ । समितिमा उपाध्यक्षहरू अस्मिता गिरी,बुद्धवीर राई,सविन शर्मा, कार्यवाहक महासचिव प्रेम गौतम, उपमहासचिवहरू लेखनाथ शिकारू र प्रतिज्ञा मगर तथा सचिवहरू अनिल शाही,पूर्णबहादुर कार्की,प्रदीप नेपाली र कान्ति न्यौपाने सदस्य छन् ।

राष्ट्रिय भेलामा केन्द्रीय सल्लाहकार, केन्द्रीय कमिटी,केन्द्रीय आयोग,प्रदेश कमिटीका पदाधिकारी र जिल्ला अध्यक्ष वा तोकिएको प्रतिनिधि सहभागी हुनेछन् । सांगठनिक,राजनीतिक र आर्थिक प्रतिवेदन लेखनको संयोजकमा कावा महासचिव गौतम र सदस्यहरूमा उपमहासचिवहरू लेखनाथ सिकारू र प्रतिज्ञा मगर छन् । 

भेलाले विधान संशोधनसमेत गर्नेछ । संस्थापक महासचिव भूपराज खड्काको संयोजकत्वमा कार्यवाहक छत्कुली र उपाध्यक्ष तीर्थ सिग्देल रहेको विधान मस्यौदा समिति गठन गरिएको छ । उक्त समितिले केन्द्रीय कमिटी बैठक र राष्ट्रिय भेलाका निम्ति विधानको मस्यौदा पेश गर्ने छ ।

केन्द्रीय समिति बैठक र राष्ट्रिय भेला सफलतापूर्वक सम्पन्न गर्न प्रदेशस्तरीय जिम्मेवारीसमेत तोकिएको छ । कोशीमा उपाध्यक्ष तीर्थ सिग्देल,उपमहासविच लेखनाथ सिकारू,सचिव शिव ढुंगाना र प्रदेश अध्यक्ष बन्धु पोखरेल, मधेशमा उपाध्यक्ष सुभाषप्रसाद साह, सचिव ब्रृजलाल पासवान, प्रदेश अध्यक्ष प्रवीण साह र सल्लाहकार प्रकाश खतिवडा, बागमतीमा उपाध्यक्ष ध्रुव रायमाझी, सचिवहरू कान्ति न्यौपाने र प्रदीप नेपाली, उपत्यकामा उपाध्यक्ष कृष्णराज गौतम, सचिव पूर्णबहादुर कार्की (बद्री), प्रतिष्ठानमा उपाध्यक्ष सविन शर्मा, सचिवालय सदस्य धनवीर दाहाल, सल्लाहकार भूपराज खड्का, गण्डकीमा उपाध्यक्ष श्रीराम सिग्देल, प्रदेश अध्यक्ष गणेश पौडेल, सचिवालय सदस्य गोविन्द सुवेदी, सदस्य आदित्य रसाइली, लुम्बिनीमा उपमहासचिव प्रतीज्ञा मगर, सचिवालय सदस्य÷प्रदेश अध्यक्ष हृदय भुसाल, सदस्यहरू दीपक अनुरागी र विनोद परियार, कर्णालीमा उपाध्यक्षहरू अस्मिता गिरी र अनन्त बराल, प्रदेश अध्यक्ष दीपक बुढाक्षेत्री, सचिवालय सदस्य धनराज बास्तविक, सुदूरपश्चिममा उपाध्यक्ष नरेन्द्र भट्ट, सचिव अनिल शाही र प्रदेश अध्यक्ष हिम्मतसिंह ठकुरीलाई समन्वयको जिम्मेवारी दिइएको छ ।

हल व्यवस्थापन संयोजनको जिम्मेवारी उपमहासचिव सिकारू र व्यवस्थापनको जिम्मेवारी समाजवादी प्रेस संगठन काठमाडौंलाई दिइएको बताइएको छ ।

टिप्पणीहरू