गत वर्ष गोविन्दा आएको ठाउँमा ‘मधानी महोत्सव’

रौतहटको मौलापुर नगरपालिकाले यस वर्षपनि भव्य रुपमा ‘मधानी महोत्सव’ को आयोजना गर्ने भएको छ ।
वि.सं.२०७६ सालदेखि आयोजना गर्न थालिएको महोत्सव आगामी फागुन ११ देखि १५ गतेसम्म सञ्चालन गरिने नगरपालिकाले जनाएको छ । मेयर रिनाकुमारी साहले आज पत्रकार सम्मेलन गर्दै महोत्सवबारे जानकारी दिइन् ।
पतौरा पुरातात्विक महादेव मन्दिरको प्राङ्गणमा महोत्सव हुने उनको भनाइ छ । नगरपालिकाले हरेक वर्ष उक्त मन्दिरमा ‘मधानी महायज्ञ’ को आयोजना गर्दछ ।
महायज्ञलाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्ने, मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचिकृत गराउने र पतौराधामलाई पर्यटकीय गन्तव्यका रुपमा चिनाउने उद्देश्यले नगरपालिकाले महायज्ञसँगै महोत्सवको पनि आयोजना गर्दै आएको छ ।
गत वर्ष महोत्सवमा भारतीय चर्चित अभिनेता गोविन्दा आएका थिए । ८० लाख रुपैयाँ पारिश्रमिक बुझाएर उनलाई ल्याएपछि नगरपालिकाको चर्को आलोचना भएको थियो ।
टिप्पणीहरू