चितवनका सरकारी वकिल रातारात सरुवा,छानबिन शुरु

सहकारीको पैसामा ८१४ वटा चेक काटेर ४८ करोड अपचलन गर्ने रास्वपा सभापति रवि लामिछानेका हकमा अस्वाभाविक उदारता देखाएवापत चितवनका सरकारी वकिल शान्तिप्रसाद लुइँटेल कर्तव्यच्युत भएको गम्भीर कसुरमा आजै बेलुका सरुवा गरिएका छन् ।
प्रहरीले सहकारी ठगी,सँगठित अपराध र सम्पत्ति शुध्दिकरणअन्तर्गत मुध्दा चलाउन दिएको राय उल्टाएर उनले आजै रविको हकमा मात्र केस कमजोर बनाई अदालतमा दर्ता गर्न लगेका थिए । जिबी,छविलगायत अरु सबैका हकमा लगाइएको सँगठित अपराध रविका हकमा मात्रै आकर्षित नहुने उनको अडान रह्यो ।
यसले गर्दा सबैतिर मुद्दा कमजोर बन्ने खतरा देखियो । न उनले दर्ता गरेको मुध्दा फिर्ता लिन मिल्ने,न फेरेर अर्को लान मिल्ने । यस्तोमा उनी कतै न कतैबाट प्रयोग भएको आशंकामा महान्यायाधिवक्ताबाट नायव महान्यायाधिवक्ता गोपालप्रसाद रिजालको अध्यक्षतामा छानविन समितिसमेत गठन गरेर सीधै एक्सन लिने काम भएको हो ।
कुनैबेला एमाले र हाल नेकपाएस निकट मानिएका उनको ठाउँमा रवि न्यौपानेलाई खटाइएको छ ।
टिप्पणीहरू