नर्सलाई ठक्कर दिएर फरार चालक समातिए

नर्सलाई ठक्कर दिएर फरार चालक समातिए

स्कुटरलाई ठक्कर दिई फरार ट्रक चालक समातिएका छन् । मकवानपुरको हेटौंडा निवासी चालक पुनम सिंह लो पक्राउ परेका हुन् । हिजो दिउँसो साढे ४ बजे पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर १४, गण्डक चोकमा मधेश प्रदेश ०३–००१ ख ७९८८ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा. ५९ प ८४२५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

एक जना बेहोस हुँदा अर्कीले भाग्दै गरेको ट्रक समातिदिन भन्दै त्यहाँ उपस्थितहरुको खुट्टा पक्रिएकी थिइन् । 

त्यसमा सवार दुई जना नर्स स्कुटरसहित सडकमा पल्टिनासाथ भीड जम्मा भएको थियोे । एक जना बेहोस हुँदा अर्कीले भाग्दै गरेको ट्रक समातिदिन भन्दै त्यहाँ उपस्थितहरुको खुट्टा पक्रिएकी थिइन् । तर,ट्रक तीव्र गतिमा भागेपछि चालकलाई हिजै साँझ नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साले जनाएको छ । 

चालक ईलाका प्रहरी कार्यालयको हिरासतमा छन् । घाइते २२ वर्षीया मधु शुक्लाको वीरगञ्ज हेल्थकेयरमा उपचार भइरहेको छ । बाराको प्रसौनी गाउँपालिकाकी मधुको स्वास्थ्यमा सुधार देखिएको कार्यालयले जानकारी दिएको छ । कार्यालयका अनुसार स्कुटरमा सवार अर्की नर्स भने सकुशल छिन् ।

टिप्पणीहरू