देउवाको कान टाठो छ भन्दै प्रधानमन्त्रीमाथि कटाक्ष

देउवाको कान टाठो छ भन्दै प्रधानमन्त्रीमाथि कटाक्ष

प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार आफ्नै बोझले ढल्ने दावी दोहोर्याउनुभएको छ । 

आज प्रतिनिधिसभा बैठकलाई विशेष सम्बोधन गर्दै उहाँले सत्ता गठबन्धनभित्रको उकुसमुकुसले सरकार आफैँ ढल्ने जिकिर गर्नुभएको हो । तर, आफ्नो पार्टी सरकार बनाउने र ढाल्ने खेलमा भने नरहेको प्रचण्डले स्पष्ट पार्नुभयो ।

‘हामी त यो खेलबाट पछि हटिसक्यौँ,  यो सरकार आफ्नै बोझले ढल्छ’, उहाँले भन्नभयो, ‘हेक्का रहोस्, मैले यो सरकार आफै ढल्छ भनेको छु, ढाल्छु भनेको होइन । हामी जनतामा फर्किसक्यौँ ।’

अध्यक्ष प्रचण्डले ‘१७ महिनापछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तास्तरण गर्छु’ भनेर बारम्बार अभिव्यक्ति दिन आवश्यक नरहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई कटाक्ष पनि गर्नुभयो ।

‘एउटै कुरा किन दोहार्याइरहनु पर्यो ? शेरबहादुर देउवाको कान टाठा छन्, उहाँले सुनिसक्नुभएको छ’, उहाँले थप्नभयो । 

त्यस्तै, वर्तमान सरकार अपराधी र विचौलियाहरुको संरक्षणमा लागेको उहाँको आरोप छ ।
 

टिप्पणीहरू