कोलम्बियाले अवतरण गर्न नदिएको अमेरिकी सैनिक जहाज भारतमा

अमेरिकाले एक सय जना अवैध भारतीयलाई पञ्जाबको अमृतसर पुर्याएको छ । गैरकानुनी रुपमा अमेरिका प्रवेश गरेको जनाउँदै उनीहरुलाई पक्रेर सेनाको विमान अमृतसर पुगेको छ ।
ती सबैलाई टेक्सस राज्यबाट ल्याइएको हो । डोनल्ड ट्रम्प दोस्रो पटक राष्ट्रपति बनेपछि अमेरिकामा रहेका भारतीयहरूलाई पहिलो पटक पक्रेर सेनाको विमानमा राखी यसरी स्वदेश फकाईएको बताइन्छ ।
यसअघि यसैगरी कोलम्बियाका अवैध आप्रवासीहरूलाई सेनाको विमानमा राखेर आफ्नो देश पुर्याउँदा त्यहाँका राष्ट्रपतिले विरोध गर्दै फकाईदिएका थिए । पछि कोलम्बियन वायुसेनाका दुई विमान अमेरिका गएर अवैध आप्रवासीहरूलाई लिई फर्किए ।
अमेरिकाले गैरकानुनी रूपमा रहेका भारतीयको संख्या १८ हजार रहेको बताइन्छ । पक्राउ परेका अवैध आप्रवासीलाई हतकडी र नेल लगाएर सम्बन्धित मुलुकमा सैनिक विमानमा फिर्ता पठाउनुलाई ट्रम्पको ज्यादतीका रूपमा लिइएको छ ।
टिप्पणीहरू