प्लस टुको परीक्षा आगामी वैशाखमा

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको कार्यतालिका सार्वजनिक गरेको छ । बोर्डले प्लस टुको वार्षिक परीक्षा २०८१ वैशाख ११ गतेदेखि सञ्चालन गरिने जनाएको छ ।
बोर्डले साधारण, परम्परागत र प्राविधिकतर्फका नियमित तथा आंशिक विषयका विद्यार्थीको परीक्षा तालिका प्रकाशन गरेको छ । बिहान ८ बजेदेखि ११ बजेसम्म हुने परीक्षा वैशाख २४ गते सकिने छ ।
परीक्षा हलमा विद्यार्थीले मोबाइल फोन, स्मार्ट घडीलगायत अन्य इलेक्ट्रोनिक्स डिभाईस लैजान पाउने छैनन् । कुनै विद्यार्थीको एकभन्दा बढी विषय एकै दिन परेको खण्डमा सूचना प्रकाशन भएको १५ दिनभित्र बोर्डका प्रदेश, शाखा कार्यालय वा परीक्षा नियन्त्रण कार्यालयलाई जानकारी गराउन आग्रह गरिएको छ ।
टिप्पणीहरू