पत्रकारले पनि गति छाडेपछि...

पत्रकारले पनि गति छाडेपछि...
सुन्नुहोस्

नाम पत्रकार,काम धाकधम्की ! सुनसरीका एक पत्रकारको खेलोमेलो हो यो । समाजमा भएको बेथिति उजागर गर्नुपर्ने उनी आफैं ‘गतिछाडा’ भएर हिँडेका छन् । ईटहरी उपमहानगरपालिका–५ का ४१ वर्षीय चन्द्रमणि कट्टेलदेखि उनकै परिवारसमेत आजित भएको अवस्था छ । अत्याधिक मदिरा र धुम्रपान सेवन गर्ने उनले परिवारसहित सयौं जनालाई धुरुक्कै रुवाएको गुनासो छ । 

पत्रकार बताउने उनले सडकमै अश्लील शब्द प्रयोग गर्दै गालीगलौज गर्छन् । नेकपा माओवादी केन्द्रका नेतासँगको पहुँच देखाउँदै पैसा माग्ने गरेको पाइएको छ । पैसा नदिएमा ‘गर्न लागेको काम बिगारिदिन्छु’ भन्दै धम्की दिने गरेको एक पीडित बताउँछन् । त्यसैगरी, परिवारका सदस्यलाई  ‘यो–त्यो गरिदिन्छु’ भनी त्रास देखाउँछन् । पीडितले पटकपटक गरेर कट्टेललाई लाखभन्दा माथि रकम बुझाइसकेका छन् । 

कहिले पाँच सय कहिले हजार गर्दै माग्ने गरेको पीडितको भनाइ छ । ‘मेरो उनीसँग एक जना साथीमार्फत चिनजान भएको हो । पहिले ठीकै लाग्यो । पछि पो आनीबानी थाहा पाएँ । काम बिगारिदिन्छु, घरबार तहसनहस पारिदिन्छु भन्दै पैसा मागिरहन्छन् । दिनैपिच्छेजसो पैसाका लागि म्यासेज पठाउँछन् । नदिऊँ भने बाटोमा समातेर बदनाम गरिहाल्छन् । अहिलेसम्म मेरो लाखौं रुपैयाँ लगिसकेका छन्’,उनले गुनासो पोखे । 

कतिपयसँग सापटी भन्दै पनि पैसा लिएको बुझिएको छ । फिर्ता माग्दा उनले उल्टै धम्क्याउने, तथानाम गाली गर्ने पीडितहरुको भनाइ छ । प्राप्त जानकारीअनुसार उनी दुई वर्षदेखि परिवारको सम्पर्कमा छैनन् । रक्सी र चुरोटमै ३० लाख रुपैयाँभन्दा माथि सकाएपछि परिवारसँग सम्पर्क गर्न छोडेका हुन् । घरमा बुवा, श्रीमती र छोरी छन् । यता,युवतीहरुलाई अश्लील म्यासेजहरु पठाउने गरेको फेला परेको छ । तीमध्ये केही म्यासेज जनआस्थाको हात लागेको छ । 

बैंकबाट आफूले ठूलो रकम कर्जा लिन लागेको र सो रकमले विदेश पठाइदिने भनी प्रलोभन देखाएर फेसबुकमा साथी बन्छन् । नम्बर मागेर ह्वाट्सएपमा जोडिन्छन् । केही दिन कुराकानीपछि अश्लील म्यासेजहरु पठाउँछन् । उनका म्यासेजहरु पढ्नै नसकिने खालका छन् । 

पहिले ठीकै लाग्यो । पछि पो आनीबानी थाहा पाएँ । काम बिगारिदिन्छु, घरबार तहसनहस पारिदिन्छु भन्दै पैसा मागिरहन्छन् । दिनैपिच्छेजसो पैसाका लागि म्यासेज पठाउँछन् । नदिऊँ भने बाटोमा समातेर बदनाम गरिहाल्छन् ।

एक महिलालाई ‘सेक्सी’ म्यासेज लेखेका छन् । म्यासेजमा लेखिएको छ,‘सेक्सी भेट्न मन छ । नलुकाई भन्दा ... ।’ उनले धेरै महिलालाई यस्ता अश्लील म्यासेज पठाउने गरेका छन् । दुई सन्तानको आमासँग समेत यस्तो वार्तालाप गरेको पाइएको छ । 

आफू ठूलो मिडियाको पत्रकार भएको बताउँदै धेरैलाई लुटेको श्रोत बताउँछ । ‘म यो–त्यो मिडियाको पत्रकार हुँ भन्छन् । मान्छेको जहाँ भेला भएको हुन्छ, त्यहाँ गएर ठूल्ठूला कुरा गर्छन् । माथिसम्म पहुँच छ भन्दै रवाफ देखाउँछन् । अरुले केही बोल्यो भने झम्टिन खोज्छन् । चिया पसल र चोकलाई अखडा नै बनाएका छन् । भनेको सुन्नैपर्यो, मान्नैपर्यो । नत्र बाटोमा इज्जत उत्रिनेगरी कराउँछन् । उनलाई त केही फरक पर्दैन, हामीलाई लाज हुन्छ’,श्रोतले भन्यो । 

महिलाको समेत इज्जत नगर्ने उनको कारणले धेरैको घरबार तहसनहस बनेको छ । उनको पछि लाग्दा धेरै महिलाले बसेको घर बिगारेका छन् । उनीविरुद्ध प्रहरीमा समेत बारम्बार जाहेरी परेको पाइएको छ । ठगी, ब्ल्याकमेलिङ्ग, यौन दुर्व्यहार, बैंकिङ्ग कसूरलगायतका आरोपमा बारम्बार जाहेरी परेपनि उनले आफूलाई सुधारेका छैनन् । 

यता, बैंकमा गएर कर्मचारीहरुसँग झगडा गर्छन् । ऋण नदिएमा बदनाम गरिदिन्छु, विवादमा तानिने समाचार छापिदिन्छु, करियर सिध्याइदिन्छुलगायतका धम्की दिने गरेका छन् । एक श्रेष्ठ थरका बैंक कर्मचारीका अनुसार बैंकमा हंगामा गर्छन् । कैयौंपटक गार्डलाई बोलाएर उनलाई बैंकबाट निकाल्नुपरेको ती कर्मचारीको भनाइ छ । 

उनले बैंकमा आफ्नो काम लिएर आएका ग्राहकलाई समेत भड्काउने गरेका छन् । ‘यो मान्छेले त अति नै गरिसक्यो । कर्जा माग्न आउँछ । कर्जा दिने पनि प्रक्रिया हुन्छ । मेरो यहाँ–त्यहाँ पहुँच छ भनेकै भरमा बैंकले कर्जा दिन्छ ? प्रक्रिया पुरा गरेर आउनुभन्दा ठूल्ठूलो स्वरमा कराउँछन् । तिमीहरुलाई सिध्याइदिन्छु भन्दै थर्काउँछन् । आएका ग्राहकलाई समेत भड्काउँछन् । हामी यो व्यक्तिबाट हैरान भइसकेका छौं’,उनले गुनासो पोखे । सडकमा हिँडिरहेका महिलाहरुलाई जथाभावी शब्दको प्रयोग गर्ने उनी जोसँग पनि भिड्न पुगिहाल्छन् । 

सुधार गृहमा कट्टेल 

दिनप्रतिदिन उग्र बन्दै गएपछि कट्टेललाई सुधार गृहमा भर्ती गरिएको छ । उनी केही समयदेखि सुधार गृहमा छन् । छिनछिनमा चुरोट तानिरहनुपर्ने र दिन शुरु भएदेखि रक्सी पिउनुपर्ने उनको हाल उपचार भइरहेको छ । उनमा मानसिक समस्या पनि देखिएको छ ।

टिप्पणीहरू