दिन एक, पर्व अनेक

फागुपूर्णिमाको अवसरमा राजधानी काठमाडौं र पहाडी तथा हिमाली जिल्लामा होली मनाईंदै छ । आज ती जिल्लामा सार्वजनिक बिदा दिइएको छ ।
भोलि तराई र मधेशका जिल्लामा होली मनाइन्छ । भोलि ती जिल्लामा सरकारले सार्वजनिक बिदा घोषणा गरिसकेको छ । आज थकाली समुदायले यो वर्षको तोरन्ल पर्व पनि आजै मनाउँदै छन् । यो पर्व थकाली समुदायको सबैभन्दा ठूलो चाड हो ।
उता चितवनको गुरुङ समुदायले आज मे त्हलें प्रीब (बाण विद्या) पर्व मनाउँदै छन् । उनीहरुले हरेक वर्ष फागुपूर्णिमाका दिन यो पर्व मनाउने गर्छन् ।
आज त्यहाँका गुरुङ समुदायले धनुष वाण, बर्छा, छेलो फाल्ने, कुस्ती खेल्छन् भने खुकुरीलगायत घरेलु हतियारको पूजा गर्छन् । चितवनको भरतपुरमा आज जिल्लास्तरीय धनुषवाण प्रतियोगिता आयोजना गरिएको छ ।
टिप्पणीहरू