राजधानीका सय स्थानमा ट्राफिक चेकजाँच

काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँच थालेको छ । होली पर्वलाई व्यवस्थित बनाउन सवारी साधनको चेकजाँच गरिएको बताइएको छ ।
मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउनेलाई निरुत्साहित तुल्याउन राजधानीका ९० स्थानमा चेकजाँच गरिएको हो । ट्राफिक प्रहरीका अनुसार थापाथली, त्रिपुरेश्वर, न्युरोड, कान्तिपथ, दरबारमार्गलगायत स्थानमा अधिकांश सवारी साधनलाई चेकजाँच गरिएको छ ।
साथै प्रहरीले सार्वजनिक स्थलमा भएका होली महोत्सवलाई ड्रोनबाट पनि निगरानी गरिरहेको जनाएको छ । प्रहरीले घरको छतलगायत जोखिमपूर्ण स्थानमा होली नखेल्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
टिप्पणीहरू