एमाले वडाध्यक्षद्वारा हेडसरमाथि कुटपिट

दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १४ स्थित श्री उ.मा.वि. शुभ प्रभात स्कुलका प्रधानअध्यापकमाथि कुटपिट गरिएको छ । विद्यालय व्यवस्थापन समितिको बैठकमा विवाद उत्पन्न भएपछि विद्यालयका प्रधानाध्यापक रुद्र बुढा माथि कुटपिट भएको बताइन्छ ।
विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयनका लागि तेस्रो पटक बोलाइएको भेलामा सोही वडाका वडाध्यक्ष भानसिङ बुढाले आफ्नै एमाले निकट व्यक्ति अध्यक्ष बन्नुपर्ने अडान राखेका थिए । वडाध्यक्ष भानसिंह एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् ।
अभिभावकहरूको उपस्थितिमा बहुमत नपुगेपछि वडाध्यक्ष बुढाले आफ्नो पक्षका व्यक्तिहरूलाई फर्जी हस्ताक्षर गर्न लगाएर बहुमतको प्रयास गरेको आरोप छ । प्रधानाध्यपक घर्तिले घोराही निवासी गणेश श्रेष्ठलाई अध्यक्ष बनाउन खोजेका हुन् भने वडाध्यक्ष बुढाले आपूm निकटलाई बनाउन खोज्दा विवाद उत्पन्न भएको हो । दुबैले आफू निकटलाई अध्यक्ष बनाएर सेवा निवृत्त हुने शिक्षक तथा शिक्षिकाको ठाउँमा आफ्ना निकट ल्याउन खोजेपछि विवाद भएको हो ।
प्रत्यक्षदर्शी पत्रकार जनक नेपालीका अनुसार वडाध्यक्षले उनलाई हातपात गरेपछि उनी निकटस्थहरुले प्रधानाध्यापकमाथि निर्घात कुटपिट गरेका हुन् । घाइते हेडसरको स्थानीय क्लिनिकमा प्राथमिक उपचार गरिएको बताइन्छ ।
टिप्पणीहरू