चीनद्वारा नेपाललाई विद्युतीय एम्बुलेन्स कोशेली

मित्रराष्ट्र चीनले ५० थान विद्युतीय एम्बुलेन्स दिने भएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले चीनले उपलब्ध गराउन लागेको विद्युतीय एम्बुलेन्स स्वीकार्न स्वास्थ्य मन्त्रालयलाई स्वीकृति प्रदान गरेको छ ।
चीनले वस्तुगत सहायताअन्तर्गत अनुदानमा नेपाललाई ती एम्बुलेन्स प्रदान गर्न लागेको हो । नेपालमा हालसम्म विद्युतीय सवारी साधनमा एम्बुलेन्स सेवा उपलब्ध छैन ।
टिप्पणीहरू