श्रीमान मारेको आरोपमा श्रीमती पक्राउ, छिमेकीहरु पनि संलग्न

धनकुटाको छथर जोरपाटी गाउँपालिका–२ का खेमबहादुर दर्लामीको हत्यामा संलग्न भएको आरोपमा उनकी श्रीमतीसहित पाँच जना पक्राउ परेका छन् । मृतक दर्लामीको ४४ वर्षीया श्रीमती जीतमाया लिम्बूबीच भएको घर झगडाले उग्र रुप लिँदा निधन भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
परिवारको झगडामा छिमेकीहरुका समेत संलग्नता देखिएको प्रहरीले बतायो । त्यसपछि श्रीमतीसँगै अरुले पनि कुटपिट गर्दा उनको निधन भएको बताइन्छ ।
श्रीमती जीतमायासँगै छिमेकीहरु इन्द्रबहादुर तामाङ, चेतुलाल मगर, दाछिरी शेर्पालाई पक्राउ गरिएको । जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार आरोपित एक जना नाबालक पनि प्रहरी नियन्त्रणमा छन् ।
टिप्पणीहरू