वैद्यका मान्छेले प्रचण्ड रोजे, कमल थापाका कार्यकर्ता पनि त्यतै

वैद्यका मान्छेले प्रचण्ड रोजे, कमल थापाका कार्यकर्ता पनि त्यतै

मोहन बैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य रामकृष्ण खतिवडा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । 

बैद्यको सिन्धुपाल्चोक इन्चार्जसमेत रहेका उनी माओवादी केन्द्रले आज मेलम्चीमा आयोजना गरेको आमसभामा पुगेर प्रचण्डतिर लागेका हुन् । अब क्रान्तिको अगुवाई माओवादीले मात्र गर्ने खतिवडाको निष्कर्ष छ । 

त्यसक्रममा नेकपा एमाले, नेपाली कांग्रेस र कमल थापाको राप्रपा नेपालसहितका अन्य पार्टीका ५० बढी नेता-कार्यकर्ता आफ्नो पार्टीमा मिसिएको माओवादी केन्द्रले दाबी गरेको छ । नवप्रवेशीहरूलाई अध्यक्ष प्रचण्डले सयपत्री फूलको माला र खादा लगाएर स्वागत गर्नुभयो ।

टिप्पणीहरू